काठमाडौं । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । उनलाई काठमाडौँको चाबहिलबाट गौशाला प्रहरी वृत्तको सादा पोशाकको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको हो ।
दोलखा घर भएका लामा चाबहिलको एवान क्याफेबाट पक्राउ परेका हुन् ।
गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनी विरुद्ध प्रहरीले केही दिनअघि नै पक्राउ पुर्जी लिइसकेको थियो ।


प्रतिक्रिया