कैलाली कारागारमा थुनुवा कैदीको मृत्यु

कैलाली कारागारमा थुनुवा कैदीको मृत्यु



धनगढी। कैलाली कारागारमा जबरजस्ती करणी आरोपमा थुनामा रहेका एक व्यक्तिको सोमबार मृत्यु भएको छ।

टीकापुर नगरपालिका–४ निवासी ५६ वर्षीय रामकिसन चौधरीलाई दिउँसो करिब साढे २ बजे स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो। कारागार प्रशासनका अनुसार उनलाई अस्पतालमा पुर्याएलगत्तै चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

कारागारका जेलर प्रकाश ढुंगानाले चौधरी लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित रहेको उल्लेख गर्दै प्रारम्भिक रूपमा सोही कारणले मृत्यु भएको चिकित्सकको अनुमान रहेको बताए। तर, वास्तविक कारण भने पोस्टमार्टमपछि मात्र स्पष्ट हुने जनाइएको छ।