पशुपति आर्यघाट प्रकरण : हड्डी बेच्ने चार जनामाथि मुद्दा चलाइयो

पशुपति आर्यघाट प्रकरण : हड्डी बेच्ने चार जनामाथि मुद्दा चलाइयो



काठमाडौं। पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको शवको हड्डी निकालेर बिक्री गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

मुद्दा दर्ता हुनेहरूमा रामनन्दन ठाकुर (सर्लाही), जीवनाथ ढकाल (काभ्रे), विनायक मैनाली (उदयपुर) र मिश्रीलाल यादव (सप्तरी) रहेका छन्।

प्रहरी अनुसन्धानअनुसार सद्गद भइरहेका बेला आधा जलेको शवबाट टाउकाको हड्डी निकालेर आपसमा सटही–बिक्री गरेको आरोप छ। जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि मुलुकी फौजदारी अपराध संहिता, दफा १५७ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएको हो।

उक्त प्रावधानअनुसार कसैले परम्परागत धार्मिक रीतिमा बाधा पुर्‍याए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना, वा दुबै सजाय हुन सक्छ।

हाल उनीहरूको बयान अदालतमा जारी छ, जसपछि थुनछेक बहस हुने छ।