काठमाडौं । अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले झन्डै साढे २ अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डलमा कसरी अक्सिजन वृद्धि भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ ।
वायुमण्डलीय अक्सिजनको वृद्धिसँग महासागरहरूको गतिशीलता महत्त्वपूर्ण रहेको वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयले आज निकालेको विज्ञप्तिमा उल्लेख छ । टोलीले प्राचीन सल्फेट खनिजहरूमा संरक्षित उच्च–रेजुलेसन अक्सिजन आइसोटोप रेकर्डहरूको विश्लेषणमार्फत यस्तो पत्ता लगाएको जानकारी गराएको हो ।
वैज्ञानिकहरूको टोलीले वायुमण्डलीय अक्सिजन वृद्धिका तीन प्रमुख चरण भएको प्रमाण भेटिएको जनाएको छ ।
यसमा २ अर्ब ५० करोडदेखि १ अर्ब ६० करोड वर्षअघिको समयमा पेलियोप्रोटेरोजोइक, १ अर्बदेखि ५३ करोड ८८ लाख वर्षअघिसम्म नियोप्रोटेरोजोइक र ५३ करोड ८८ लाखदेखि २५ करोड २० लाख वर्षअघिसम्म पेलियोजोइक रहेका छन् ।
यो निष्कर्ष पृथ्वीमा जीवनको उत्पत्ति र विकाससँगै खनिज भण्डार तथा पेट्रोलियम स्रोतहरूको निर्माणलाई बुझ्नका लागि महत्त्वपूर्ण हुने विज्ञहरूको दाबी छ ।


प्रतिक्रिया