बेइजिङ । चीनको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा पुटिनले किम जोङ उनलाई उनीहरूको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए । उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेको उनको भनाइ थियो ।
‘उत्तर कोरियाली सैनिकहरूले त्यहाँ बहादुरीपूर्वक लडे’ पुटिनले किमलाई भने । यो बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भइरहेको छ । चीन भ्रमणका क्रममा पुगेका विदेशी राष्ट्र प्रमुखहरूलाई यही गेस्ट हाउसमा स्वागत गरिन्छ ।
यसअघि पुटिन र किमले बचीनको विजय दिवस परेडको क्रममा पनि एक अर्कालाई भेटेका थिए । यी दुई नेताहरूसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए ।


प्रतिक्रिया