काठमाडौं । भूकम्पमा परी अफगानिस्तानमा मृत्य हुनेको संख्या २ हजार २०० नाघेको छ ।
गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
बिहीबारसम्म मृत्यु हुनेको संख्या २ हजार २०५ पुगेको तालिबानी सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।
घाइतेहरूको संख्या ३ हजार ५ सय नाघेको छ । तीमध्ये धेरै जना गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ ।
६ म्याग्निच्युडको भूकम्पपछि पनि पराकम्पनहरू आइरहेका छन् । दुईपटकसम्म ५ म्याग्निच्यूडभन्दा बढी तीव्रताका भूकम्प गइसकेको छ ।
बिहीबार राति ८:५६ बजे ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । सो पराकम्पनबाट थप मानिसको मृत्यु भएको रिपोर्ट आएको छैन ।
यद्यपि कुनार र नांगरहर क्षेत्रका मानिसहरू सेल्टरबाट बाहिर निस्किएका थिए ।


प्रतिक्रिया