पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो



पोखरा । जेनजी पुस्ताका प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगो लगाएका छन् ।

महानगरको बन्द गेट फोडेर उनीहरूले महानगरको कार्यालयमा आगो लगाएका हुन् । आगलागीका साथै उनीहरूले महानगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन् ।

पोखराको सभागृह चोकबाट सुरू भएको प्रदर्शनकारीको जुलुस न्युरोडस्थित महानगरपालिकाको कार्यालय अगाडि पुगेपछि भ्रष्टाचार विरूद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप जारी छ ।