काठमाडौं । सर्वोच्च अदालतका सबै पेसी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ । सर्वोच्चका मुख्य रजिस्ट्रार बिमल पौडेलले सूचना निकालेर पेसीमा रहेका मुद्दाहरूको सुनुवाई सबै स्थगित गरेको जानकारी दिएका छन् ।
जेनजीको प्रदर्शनकोक्रममा हिजो भएको आगजनीका कारण सर्वोच्च अदालत पूर्णरूपमा क्षतिग्रस्त भएको छ । सूचनामा मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको उल्लेख छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले झन्डै ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएका बताएका छन् ।


प्रतिक्रिया