काठमाडौं । महाराजगन्जको भाटभटेनीमा लुटपाट गर्ने चार जनालाई सेनाले पक्राउ गरेको छ ।
बुधबार बिहान १० बजेतिर भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्दै गरेका चार जनालाई सेनाले पक्राउ गरेको हो ।
नेपाली सेनाले अहिले यस्ता गतिविधि गर्नेहरूलाई पक्राउ गरिरहेको छ । यसअघि सेनाले २७ जनालाई पक्राउ गरिसकेको छ ।
अहिले सेनाले दिउँसोका लागि निषेधाज्ञा र राति कर्फ्यू आदेश जारी गरेको छ ।


प्रतिक्रिया