काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं र रास्वपाका सभापति रवि लामिछानेले आन्दोलन हाइज्याक गरेको भन्दै जेन–जी आक्राेशित भएका छन् । यसबारे जेन–जीको भर्चुअल छलफलमा संवाद भएको छ ।
जेन–जी प्रतिनिधिहरूले आफूहरूको बलिदानीको नाजायज फाइदा प्रसाईं र लामिछानेले लिन खोजेको भन्दै सचेत रहनुपर्ने बताएका छन् ।
प्रसाईं स्वयम् र लामिछानेका प्रतिनिधि प्रधानसेनापतिसँग छलफलमा रहेको आरोप पनि जेन–जीले लगाएका छन् ।


प्रतिक्रिया