छापा मारेपछि फर्महरू अमेरिकामा लगानी गर्न हिचकिचाउनेछन् : दक्षिण कोरियाली राष्ट्रपति

छापा मारेपछि फर्महरू अमेरिकामा लगानी गर्न हिचकिचाउनेछन् : दक्षिण कोरियाली राष्ट्रपति



काठमाडौं । गएको हप्ता जर्जिया राज्यमा रहेको हुन्डाई प्लान्टमा भएको ठूलो आप्रवासन छापापछि दक्षिण कोरियाली कम्पनीहरू अमेरिकामा लगानी गर्न ‘धेरै हिचकिचाउने’ राष्ट्रपति ली जे म्युङले बताएका छन् ।

छापामारीमा पक्राउ परेका तीन सय जनाभन्दा धेरै दक्षिण कोरियालीहरूलाई हिरासतबाट रिहा गरिएको छ र उनीहरू भोलि घर फर्कने बीबीसीले जनाएको छ । ह्वाइट हाउसको निर्देशनका कारण उनीहरू घर फर्कन ढिलाइ भएको प्रधानमन्त्री लीको भनाइ छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कामदारहरू काम जारी राख्न र अमेरिकीहरूलाई तालिम दिन अमेरिकामा बस्न इच्छुक छन् कि छैनन् भनेर जाँच गर्न विरामको आदेश दिएको दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

आफू राष्ट्रपति बनेको पहिलो एक सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले कोरियाली फर्महरूले विदेशमा कारखाना स्थापना गर्न कामदार पठाउनु सामान्य अभ्यास भएको उल्लेख गरे । यदि कामदार पठाउन अनुमति दिइएन भने अमेरिकामा उत्पादन सुविधाहरू स्थापना गर्न अझ गाह्रो हुने उनको भनाइ छ ।

गएको हप्ता अमेरिकी अधिकारीहरूले चार सय ७५ जनालाई हिरासतमा लिएका थिए, तीमध्ये तीन सयभन्दा धेरै दक्षिण कोरियाली नागरिक थिए । हुन्डाई प्लान्ट जर्जियाको सबैभन्दा ठूलो विदेशी लगानी परियोजनाहरूमध्ये एक हो ।

अमेरिकी अधिकारीहरूले कम्पनीले ब्याट्री सुविधामा अवैध रूपमा काम गरिरहेको बताएका थिए ।