काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।
शुक्रबार बिहान कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
डडेलधुराको गाइबन्धेमा पछिल्लो एक घन्टामा २०.६ मिलमिटर वर्षा भएको छ। कन्चनपुरको हनुमाननगरमा १८.८ मिलिमिटर, डडेलधुराको जोगबुढामा १४ मिलिमिटर वर्षा भएको छ ।
बैतडी, अछाम, सुर्खेत, सल्यान लगायतका जिल्लाका विभिन्न स्थानमा पनि वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभाग, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भूभाग र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति पनि देशभर साधारणतया बदली रहनेछ । राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको छ ।


प्रतिक्रिया