जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीहरूको अन्त्येष्टि

जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीहरूको अन्त्येष्टि



काठमाडौं । जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरूको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वर वृत्तमा सहायक हवल्दार अमृत गुरुङको मृत्यु भएको थियो ।

उनीहरूको आज अन्त्येष्टि गरिएको हो ।