भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला

भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला



विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ । सोमबार दिउँसो भाटभटेनीको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, हालै देशव्यापी रूपमा चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भाटभटेनीमा आगजनी गरेका थिए ।

सोही क्रममा लुटपाट गर्न सुपरमार्केटभित्र पसेका व्यक्तिको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

विराटनगरको भाटभटेनीमा प्रदर्शनकारीको एक समूहले एटिएम तोडफोड गर्ने प्रयास असफल भएपछि आगजनी गरेको बताइएको छ । जसका कारण सुपरमार्केट पूर्णरुपमा जलेर नष्ट भएको थियो ।