नवलपरासी (पूर्व)मा भारी वर्षा

नवलपरासी (पूर्व)मा भारी वर्षा



काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा नवलपरासी (पूर्व)को सेमारी वर्षामापन केन्द्रमा भारी वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार थप वर्षा हुने सम्भावना छ । त्यसैले उक्त क्षेत्र भइ बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्नसक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ ।