रुकुमपूर्व–बागलुङ सीमा क्षेत्रमा ४.६ रेक्टरको भूकम्प

रुकुमपूर्व–बागलुङ सीमा क्षेत्रमा ४.६ रेक्टरको भूकम्प



काठमाडौं । रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), भूगर्भ विभागका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

केन्द्रका अनुसार पछिल्लो समय मुलुकका विभिन्न भागमा साना–ठूला भूकम्पीय गतिविधि भइरहेका छन्। विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।