काठमाडौंमा बस दुर्घटना, २० भन्दा बढी घाइते

काठमाडौंमा बस दुर्घटना, २० भन्दा बढी घाइते



काठमाडौं । तारकेश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटनाग्रस्त भएको छ। बा ५ ख ५० नम्बरको उक्त बस माछापोखरी बाइपासको उकालो चोकमा पल्टिँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्।

स्थानीयले बताए अनुसार बस चालकले एक मोटरसाइकललाई जोगाउने प्रयास गर्ने क्रममा गाडी अनियन्त्रित भई मुख्य सडकमा पल्टिएको हो। घाइतेलाई उपचारका लागि नजिकैका अस्पताल लगिएको छ।