कृषिमन्त्री मदन परियारद्वारा पदभार ग्रहण

कृषिमन्त्री मदन परियारद्वारा पदभार ग्रहण



काठमाडौं । कृषि विकास मन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् ।

शीतल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

कृषि क्षेत्रमा स्थापित विज्ञका रूपमा चिनिएका परियारको नियुक्तिलाई कृषि क्षेत्रका विज्ञहरूले विशेष रूपमा हेरेका छन् ।