यूएईमा दुई महिनामा ५१ जना नेपालीको मृत्यु

यूएईमा दुई महिनामा ५१ जना नेपालीको मृत्यु



काठमाडौं । पछिल्ला दुई महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा ५१ जना नेपाली कामदारले ज्यान गुमाएका छन्।

यूएईस्थित नेपाली दूतावासका तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा ३२ र भदौमा १९ जना गरी कुल ५१ जनाको मृत्यु भएको हो।

अघिल्लो वर्ष २०८१/८२ को पहिलो दुई महिनामै ६२ जना नेपालीको मृत्यु भएको थियो। सोही वर्षभरि कुल ३१२ जना नेपालीले यूएईमा ज्यान गुमाएका थिए, जसको मासिक औसत २६ जना रह्यो।

त्यसअघि २०८०/८१ मा त्यहाँ २३१ नेपाली कामदारको ज्यान गएको दूतावासले जनाएको छ।

मृत्युका प्रमुख कारणमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मुटु सम्बन्धी रोग तथा आकस्मिक स्वास्थ्य समस्या रहेका दूतावासले उल्लेख गरेको छ।