काठमाडौं। भारतले संविधान संशोधनमार्फत विशेष राज्यको सुविधा खोसेर केन्द्र प्रशासित क्षेत्र बनाएको लद्दाखमा युवा आन्दोलन भड्किएको छ।
पूर्ण राज्यको दर्जा दिने मागसहित पर्यावरणविद् र सामाजिक कार्यकर्ता सोनम वाङचुकलगायतले दुई सातादेखि अनसन थालेका थिए। अनसनलाई समर्थन गर्दै हजारौं प्रदर्शनकारी सडकमा उत्रिँदा लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा भएको छ।
भारतीय मिडियाका अनुसार प्रदर्शनकारीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा समेत आगजनी गरेका छन्। अहिले लेह र लद्दाखमा अवस्था तनावग्रस्त बनेको छ।


प्रतिक्रिया