काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जा गर्न नदिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी राज्यको आकांक्षा समाप्त पार्ने र वेस्ट बैंकमा इजरायली सार्वभौमसत्ता विस्तार गर्ने इजरायलका केही अति दक्षिणपन्थी नेताको माग अस्वीकार गरेका हुन् ।
ओभल अफिसमा पत्रकारसँग ट्रम्पले भने, “म इजरायललाई वेस्ट बैंक कब्जा गर्न दिने छैन । अहँ, म यसको अनुमति दिने छैन । यो हुने छैन । पर्याप्त भइसक्यो । अब रोकिने समय हो ।”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न न्युयोर्क पुगेकै दिन ट्रम्पले यस्तो बताएका हुन् । नेतन्याहूको कार्यालयले ट्रम्पको भनाइबारे उनी इजरायल फर्किएपछि मात्र प्रतिक्रिया दिने जनाएको छ ।


प्रतिक्रिया