काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन देशका तीन जना वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।
‘मेटल–अर्ग्यानिक फ्रेमवर्क’ (एमओएफ) विकास गरेका जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई पुरस्कार दिइने नोबेल पुरस्कार समितिले जनाएको छ ।विजेताहरूले संयुक्त रूपमा १ कराेड १० लाख स्वीडिश क्रोनरनगद पुरस्कार र पदक पाउनेछन् ।
समितिका अनुसार वैज्ञानिकहरूले ‘मलिक्यूलर आर्किटेक्चर’ को नयाँ शैली विकास गरेका छन् । धातुका आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना नै एफओएफ हो । पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन् ।
यसअघि नोबेल पुरस्कार समितिले अस्ति चिकित्साशास्त्रतर्फ र हिजो भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो । अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुनेछ ।


प्रतिक्रिया