नेपालको निर्माण उद्योग अहिले ठूलो प्रतिस्पर्धा, ढिलाइपूर्ण भुक्तानी प्रक्रिया र आर्थिक दबाबबीच अगाडि बढिरहेको छ । ठेक्का पाएका धेरैजसो निर्माण व्यवसायी र कम्पनीहरूले परियोजना नाफामूलक देखिए पनि अन्ततः असफलता भोग्नुपरेको अनुभव साझा गर्छन यसको मूल कारण प्राय: एउटै हुन्छ— नगद प्रवाह को अभाव ।
हाल सालै एक प्रतिष्ठित निर्माण उधोगले अरबौंको विकास निर्माणको कार्य गरीयो तर हाल आएर नगद अभावले गर्दा संकटमा परेको छौं , यस्तो संकटमा बैंकहरुले समेत सहयोग गर्न मानेन्न भन्दै मिडीयामा भावना पोखेको देखीन्छ ।
बजारमा हेर्दा नाफा देखिएता पनि निर्माण उधोगहरु, अन्तत नगद प्रवाहको अभावले सकटग्रस्त छन् । नाफा भनेको वहीखातामा मात्र देखीने अंक हो, नगद प्रवाह भनेको परीयोजनाको प्राण वायु हो । परीयोजनालाई हरेक दिन सास फर्ने शक्ति नगद प्रवाहले दिन्छ । अतः नियमित नगद प्रवाह विना निर्माण परीयोजनाहरु संचालन हुन सक्तैनन् ।
नाफा र नगद प्रवाहविचको भिन्नता :
नाफा र नगद प्रवाह लाई धरैले एकै हो भनेर बुझ्दछन् तर यि दुई फरक अवधारण हुन ।
- नाफा: यो लेखा प्रणाली अन्तर्गत आउने गणना हो । सेवा वा सामानको लागत घटाउँदा बाँकी रकमलाई नाफा भनिन्छ । यो कागजी लेखा मात्र हो ।
- नगद प्रवाह : यो कुनै व्यवसाय, संस्था वा परियोजनामा एक निश्चित अवधिमा भित्रिने र बाहिरिने नगद रकमको चालचलन हो । यसले देखाउँछ कि कम्पनीमा नगद कति आयो र कति गयो जसको आधारमा व्यवसायको आर्थिक स्वास्थ्य मूल्याङ्कन गर्न सकिन्छ ।
किन १५% नाफा दिएको परियोजना पनि डुब्छ र डुबेका छन् ।
नेपाल सरकारले आफ्ना परीयोजनाहरुको लागत ईष्टिमेट गर्दा निर्माण उधोगलाई मार्जिन र ओभरहेड गरी जम्मा १५% नाफा राखी लागत ईष्टिमेट गरको हुन्छ तर निर्माण व्यवसायिहरुबाट अस्वभाविक घटीमा बोलकबोल गरेर ठेक्का लिने प्रवृति रहेको छ जुन आफैमा नगद अभावको एक कारण हुन सक्छ भने कसै कसैको परियोजनाले १५% को मुनाफा भित्र पनि चलिरहेको हुन्छ तर पनि निम्न कारणले नगद अभाव हुन सक्छ र परियोजना असफल हुन सक्छ ।
१) भुक्तानी स्वीकृतिको लामो प्रक्रिया : आयोजना कार्यालय वा कन्सल्टेट को तर्फबाट भुक्तानी दर्ता पछि स्वीकृतिमा लामो समय लाग्नु । कागजातहरू एक कार्यालयबाट अर्को कार्यालयमा घुमिरहने तर निर्माण कार्य चलिरहेको हुन्छ र खर्च पनि भइरहेको हुन्छ । यस्तो अवस्थामा निर्माण व्यवसायिको नगद प्रवाह सम्बन्धि सिद्धान्त आयोजना कार्यालय वा कन्सल्टेट नबुझनु वा बुझेर पनि नबुझे भैं गरी जवाफदेही नहुने प्रवृति गर्नु ।
२) भेरिएसन ऑर्डरको ढिलो मुल्याङ्कन : परियोजनाको क्रममा आवश्यक परेका अतिरिक्त कार्यहरू (भेरिएसन) को मूल्याङ्कन र प्रमाणीकरण समयमै हुन नदिनु । यसले गर्दा बिल बुझाउन नसक्नु र नगद आम्दानी बाधित हुनु ।
३) रिटेन्सन रकमको लामो अवधि: करार अनुसार ग्राहकले रोकेको रिटेन्सन रकम (सामान्यतया बिलको ५%) को अन्तिम भुक्तानीमा ढिलाइ । कहिलेकाहीं रिटेन्सन रकम वर्षौंसम्म पनि फिर्ता दिइँदैन, जसले गर्दा निर्माण व्यवसायिको पूँजी अवरुद्ध हुन्छ ।
४) अग्रिम भुक्तानी (पेश्कि) को छिटो कटौती र ढिलो आम्दानी : परियोजना सुरुवातमा प्राप्त अग्रिम रकम ( पेश्कि ) छिटै कट्टिन्छ तर आम्दानी को प्रवाह ढिलो हुन्छ । यसले गर्दा मध्यकालीन नगद अभाव हुन्छ । नेपालमा अग्रिम भुक्तानि ( पेश्कि ) का सम्बन्धमा अग्रिम भुक्तानि ( पेश्कि ) निर्माण उधोगले दुरुपयोग गर्यो काममा भन्दा सम्पतिमा लगानि गर्यो भनेर २० % अग्रिम भुक्तानिको व्यवस्थालाई घटाएर ५ % र ५ % गरी दुई किस्तामा १०% दिने प्रावधान छ , यस्ले समेत नगद प्रभावमा असर गरेको छ । निर्माण व्यवसायिले सम्पतिमा लगानि गरेको अग्रिम भुक्तानि(पेश्कि)ले थप बैंकिङ्ग सुविधा लिन मद्धत गरेको कसैले बुझेन्न वा बुझाउने जानिएन ।
५) घटेर ठेक्का लिने: नेपाल सरकारले आफ्ना परीयोजनाहरुको लागत ईष्टिमेट गर्दा निर्माण उधोगलाई मार्जिन र ओभरहेड गरी जम्मा १५% नाफा राखी लागत ईष्टिमेट गरको हुन्छ तर निर्माण व्यवसायिहरुबाट अस्वभाविक घटीमा बोलकबोल गरेर ठेक्का लिने प्रवृति रहेको छ जुन आफैमा नगद अभावको एक कारण हुन सक्छ ।
नगद प्रवाह व्यवस्थापननै निर्माण उधयोगको बाँच्ने कला हो । अनुभवी लागत प्रबन्धक र परियोजना प्रबन्धकहरूले निम्न बुँदाहरूमा विशेष ध्यान दिनुपर्छ ।
- करार व्यवस्थापन: करारमा भुक्तानीका सर्तहरू लाई परियोजनाको वास्तविक नगद आवश्यकतासँग मेल खाने गरी तयार पार्नु । माइलस्टोन आधारित भुक्तानीलाई प्राथमिकता दिनु । अस्पष्ट डेलिभरेबल मा आधारित भुक्तानीबाट जोगिनु ।
- भेरिएसन ऑर्डर प्रबन्धन: भेरिएसन ऑर्डरहरूको मूल्याङ्कन र प्रमाणीकरण लाई कार्यको साथ साथै गराउने प्रक्रिया स्थापित गर्नु । यसको ढिलाइले नगद प्रवाहमा गम्भीर असर गर्छ ।
- रिटेन्सन र अन्तिम भुक्तानीको पछ्याइ: रिटेन्सन रकम र अन्तिम भुक्तानीको लागि करारमा उल्लेखित समयावधिको एकदमै पहिलेदेखि नै पछ्याइ गर्ने प्रक्रिया बनाउनु ।
निष्कर्ष :
निर्माण व्यवसायमा, नाफा छैन भनेर होइन, भुक्तानी पाउन ढिलो भयो भने व्यवसायी डुब्छन । नगद प्रवाह भनेको केवल वित्तीय शब्दजाल होइन, यो निर्माण व्यवसायको बाँच्ने रणनीति हो ।
त्यसैले :
- केवल मुनाफा हेरेर परियोजना नचलाउनुहोस ।
- पैसाको आवागमन कहाँ, कति र कहिले भयो भनेर हेरेर मात्र परियोजनाको सञ्चालन गर्नुहोस ।
सचेत रहनुहोस, सजग रहनुहोस । नगद प्रवाहको सही व्यवस्थापननै हामी निर्माण व्यवसायिलाई टीकाउने र लाभदायक बनाउने आधार हुन ।


प्रतिक्रिया