सानाइ ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्न सफल

सानाइ ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्न सफल



काठमाडौं । सानाइ ताकाइची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । उनी देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । आज भएको संसद्को चुनावमा उनले ऐतिहासिक मत प्राप्त गरेकाे बीबीसीले जनाएको छ ।

जापानमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले उहाँलाई अघि सारेको थियो । ताकाइचीको पार्टी एलडीपी र जापान इनोभेसन पार्टी (जेआपी) बिच रातारात भएको सहमतिका कारण उनी प्रधानमन्त्रीमा निर्वाचित हुने तय भएको थियो ।

संसदले नयाँ प्रधानमन्त्री चयन गरेपछि अब नयाँ सरकारले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू घोषणा गर्नेछ । त्यसपछि पहिलो मन्त्रिपरिषद् बैठक बस्नेछ । नयाँ प्रधानमन्त्रीको पत्रकार सम्मेलन पनि आजै हुने अपेक्षा गरिएको छ ।