काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेकका छन् ।
एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धको नयाँ ‘स्वर्णिम युग’को सुरुवातलाई जनाउने बताइएको छ । दोस्रो सम्झौता महत्त्वपूर्ण खनिजहरूसँग सम्बन्धित छ ।
पहिलो सम्झौता लामो समयदेखिका सहयोगी दुई देशबीचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ । दोस्रो सम्झौताले दुर्लभ खनिजहरूको आपूर्ति सुनिश्चित गर्न एउटा ढाँचा प्रदान गर्दछ ।
सम्झौतामा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले जापानको प्रशंसा गरे । उनले जापान अमेरिकाको बलियो सहयोगी भएको । ट्रम्पले जापानकी प्रधानमन्त्री सनाए ताकाइचीको पनि प्रशंसा गरेका थिए ।


प्रतिक्रिया