काठमाडौं । तान्जानियामा विवादित आम निर्वाचनपछि भड्किएको हिंसामा ७०० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ ।
विपक्षी दल ‘चडेमा’ले शुक्रबार देशव्यापी रूपमा भएका झडपहरूमा सयौं मानिस मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दै दशजनाको मृत्युको पुष्टि गरेको छ ।
चडेमाका प्रवक्ता जोन किटोकाले बताएअनुसार दार–एस–सलाममा मात्रै करिब ३५० र म्वान्जा क्षेत्रमा २०० भन्दा बढी मानिसको मृत्यु भएको छ । अन्य क्षेत्रको संख्या जोड्दा यो तथ्यांक लगभग ७०० पुग्छ ।
पार्टीले यो आँकडा अस्पतालहरूको भ्रमणमा आधारित रहेको बताएको छ ।


प्रतिक्रिया