अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन कुराकानी

अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन कुराकानी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज विहान टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा चिनीयाँ राष्ट्रपति सीले ट्रम्पलाई बेइजिङ भ्रमणको निम्तो दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले आउँदो अप्रिलमा चीन भ्रमणमा जाने सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यस्तै अर्कोवर्ष नै चिनियाँ राष्ट्रपति सी अमेरिका भ्रमणमा आउने पनि ट्रम्पले बताएका छन् । उनले सामाजिक सञ्जालमा आफूहरुबीच महत्त्वपूर्ण निर्णयहरुमा कुराकानी भइरहने समेत बताएका छन् ।

अघिल्लो महिना दुवैनेताबीच दक्षिण कोरियामा भेटघाट भएको थियो । त्यसयता, दुबै देशका राष्ट्रप्रमुखबीचको सम्बन्ध सुधार भएको देखिन्छ ।