काठमाडौं । हङकङमा भएकाे आगलागीमा नेपाली परेको जानकारी अहिलेसम्म प्राप्त नभएको हङकङमा रहेको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
घटनाबारे आवश्यक जानकारी लिइरहेको र अहिलेसम्म नेपाली नागरिक परेको जानकारी नआएको महावाणिज्य दूतावासले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो ।
हङकङको ताई पो क्षेत्रमा रहेको वाङ्फुक कोर्टका आवासीय भवनमा ठूलाे आगलागीमा परी अहिलेसम्म कम्तीमा ५५ जनाकाे ज्यान गएकाे छ ।


प्रतिक्रिया