काठमाडौं । पाकिस्तान र अफगानिस्तानको तालिबान फौजबीच सीमा क्षेत्रमा फेरि लडाइँ भएको छ ।
अस्पतालमा चार जनाको शव पुर्याएको र तीन जना घाइतेको उपचार भइरहेको अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दुवै पक्षले युद्धविराम तोडेको आरोप एकअर्कामाथि लगाएका छन् । तनाव चर्किएसँगै अफगानिस्तानको स्पिन बोल्डक शहरका बासिन्दा रातारात घर छाडेर भागेका खबरमा उल्लेख छ ।
दुई देशबीच २ हजार ६ सय किलोमिटर लामो सीमा छ । सीमा क्षेत्रमा झडपहरू भएपछि कतार र टर्कीको मध्यस्थतामा दुवै पक्षले युद्धविराममा सहमति जनाएका थिए ।
सहमतिपछि सन् २०२१ मा अफगानिस्तानको सत्तामा फर्किएको तालिबान समूह र पाकिस्तानबीचको सबैभन्दा खराब लडाइँ रोकिए पनि दुई महिना पनि नभइ फेरि झडप भएको हो ।


प्रतिक्रिया