जापानमा भालु आक्रमण तिव्र

जापानमा भालु आक्रमण तिव्र



टोकियो । जापानको “स्की” रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिलदेखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालु घरभित्र प्रवेश गर्ने, विद्यालयनजिकै घुम्ने र सुपरमार्केटमा तोडफोड गर्ने घटना नियमितरूपमा रिपोर्ट गरिएको छ ।

नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई उदृत गर्दै एएफपीले “आइतवार दुई वटा स्थानमा भालु देखिएको रिपोर्ट प्राप्त गरेदेखि हरेक दिन भालुको खुट्टाको छाप छ कि छैन भनेर जाँच गर्न गस्ती गरिरहेको जनाएको छ ।

भालु सामान्यतया जाडोमा सुरक्षित स्थानमा लुक्ने गरेकोमा यस महिनाको सुरुमा भने यस क्षेत्रमा एक व्यक्तिलाई आफ्नै घर नजिकै हिउँ सफा गर्दा आक्रमण गरेको जनाइएको छ ।

जापान सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न थप सतर्कता अपनाइरहेको छ, भने वैज्ञानिकले घट्दो मानव जनसङ्ख्या र द्रुत गतिमा बढिरहेको भालुको सङ्ख्याले आक्रमण बढी रहेको बताएका छन् ।