थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय



बैंकक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधानमन्त्रीका लागि आफ्ना उम्मेदवारको नाम सुचिकृत गर्नु पर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले परिस्कृत निर्वाचन विवरणको मस्यौदा तयार पारी प्रक्रिया पुरा गरेर सन् २०२६ फेब्रुअरी-८ आइतबार चुनाव गराउने सहमति जुटाएको आयोगले एक विज्ञप्तिमार्फत जनाएको छ । चुनावको लागि अग्रिम मतदान फेब्रुअरी-१ मा हुने जनाइएको छ ।

रूढिवादी भूमजाइथाई पार्टीका प्रधानमन्त्री अनुतीन चार्नविराकुलले सेप्टेम्बरमा आफ्नन पूर्ववर्तीलाई नैतिकता उल्लङ्घनका कारण हटाइएपछि पदभार ग्रहण गर्नु भएको थियो ।

उनले शुक्रबार संसद विघटन गरी राष्ट्रिय चुनावको लागि मार्ग प्रशस्त गर्नु भएको छ भने जुन थाई कानूनअन्तर्गत विघटन पछि ४५ देखि ६० दिनको बिचमा चुनाव हुने व्यवस्था छ ।

यो कदम थाइल्यान्ड र कम्बोडियाबिचको दशकौ लामो सीमा विवादबाट उत्पन्न भएको द्वन्द्वको रूपमा आएको छ, यस महिना जारी सैन्य झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने करिब आठ लाख विस्थापित भएका छन् ।