लिबियाका सेना प्रमुख अल–हद्दादको टर्कीएमा भएको विमान दुर्घटनामा ज्यान गयो

लिबियाका सेना प्रमुख अल–हद्दादको टर्कीएमा भएको विमान दुर्घटनामा ज्यान गयो



काठमाडौं । लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीएमा भएको विमान दुर्घटनामा ज्यान गएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल–हद्दादको टर्कीएमा भएको विमान दुर्घटनामा ज्यान गएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

सैन्य प्रमुख अल–हद्दाद र अन्य चार जना हिजो बेलुका टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन–५० एयरक्राफ्टमा थिए । यो एयरक्राफ्ट दुघर्टना भएको र भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला परेको छ । दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।