ढाका । बंगलादेश प्रहरीले दक्षिणपूर्वी बन्दरगाह सहर चट्टोग्राम नजिकै एक हिन्दु परिवारको घरमा आगजनी गर्ने आक्रमणकारीहरूबारे जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ ।
देशमा बदलिएको राजनीतिक वातावरणबिच भिडको बढ्दो हिंसालाई ठुलो संकटको रूपमा हेरिएको छ ।
इत्तेफाक पत्रिकामा छापिएको एउटा समाचारका अनुसार चट्टोग्राम रेन्जका प्रहरी प्रमुख अहसान हबिबले बुधबार राति सहरको बाहिरी भागमा रहेको रौजनमा आगजनी गरिएको घरको भ्रमण गरेका थिए ।
उक्त घर कतारमा काम गर्ने आप्रवासी कामदार सुख शिल र अनिल शिलको हो । उनले आक्रमणकारीहरूबारे जानकारी दिनेलाई पुरस्कार घोषणा गरेका छन् । यद्यपि रकम भने तोकिएको छैन ।


प्रतिक्रिया