नयाँदिल्ली । पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् ।
ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादीबिच मुठभेड भएको जनाइएको छ ।
ओडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाले मिडियालाई बताएअनुसार बुधबार कान्धमालमा ठुलो मात्रामा गोलाबारुद बरामद गरिएको थियो भने । बिहीबार कान्धमाल-गन्जाम सीमामा गरिएको फलो-अप अपरेसनमा धेरै स्थानमा गोली हानाहानमा थप चार जना नक्सलवादीको मृत्यु भएको छ ।
खुरानियाले मारिएका मध्ये एक जना नक्सलवादी ओडिसाका कमान्डका प्रमुख र केन्द्रीय समितिका सदस्य गणेश उइकेका रूपमा पहिचान गरिएको बताएका छन् । जो धेरै ठूला–ठुला आक्रमणमा संलग्न थिए । प्रहरीका अनुसार यस क्षेत्रमा नक्सालवादीको बारेमा प्राप्त विशेष गुप्तचर सूचनाको आधारमा प्रहरीले संयुक्त खोजी अभियान चलाएपछि गोली हानाहान सुरु भएको थियो ।
गतिरोधका क्रममा प्रहरीलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ । भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई “ठुलो सफलता“ को रूपमा प्रशंसा गर्नु भएको छ ।
भारत सरकारले ३१ मार्च २०२६ सम्ममा नक्सलवाद उन्मूलन गर्ने संकल्प गरेको छ भने मध्य र पूर्वी भारतमा सक्रिय विद्रोहले सयौँको ज्यान लिएको लिनुका साथै हजारौँ विस्थापित भएका छन् ।


प्रतिक्रिया