मेक्सिकोमा रेल दुर्घटना : १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोमा रेल दुर्घटना : १३ को मृत्यु, ९८ जना घाइते



काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य ओअक्साकामा एक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ९८ जना घाइते छन् । रेल ‘लिक’बाट खसेर दुर्घटना भएको हो ।

उक्त रेलमा चालक दलका नौ सदस्यसहित २५० जना सवार थिए । चिभेला र निजान्दा गाउँबीचको मोडमा दुर्घटना भएको मेक्सिकन नौसेनाले जनाएको छ ।

मेक्सिकोको खाडी र प्रशान्त महासागर जोड्ने नयाँ रेलमार्गमा रेल गुडिरहेको थियो । उक्त रेलवे लाइन मेक्सिकन नौसेनाको निगरानीमा छ । रेलमार्ग प्रशान्त महासागरको सालिना क्रुज बन्दरगाहबाट अटलान्टिक महासागरसम्म करिब २९० किलोमिटर लामो छ ।