इरानमा महँगीविरुद्धको प्रदर्शनमा एक जनाको मृत्यु, १३ जना घाइते

इरानमा महँगीविरुद्धको प्रदर्शनमा एक जनाको मृत्यु, १३ जना घाइते



काठमाडौं । बढ्दो महँगीविरुद्ध इरानमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । चार दिनदेखि राजधानी तेहरानलगायत इरानका मुख्य सहरहरुमा प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै तेहराको बेहेश्ती विश्वविद्यालयमा छात्रावास नजिकैबाट प्रहरीले एक छात्रालाई नियन्त्रणमा लिएको तस्बिर पनि सार्वजनिक भएको छ ।

इरानमा बढ्दो महँगी र डलरको तुलनामा इरानी मुद्रा रियालको मूल्यमा आएको गिरावटलाई लिएर प्रदर्शन चर्किएको हो ।