चीनमा विपद्को पूर्वसूचना दिन ड्रोनको प्रयोग गरिँदै

चीनमा विपद्को पूर्वसूचना दिन ड्रोनको प्रयोग गरिँदै



काठमाडौं । चीनको कुजिङ शहरमा विपद् व्यवस्थापन र वातावरणीय सुरक्षाका लागि ६ वटा ड्रोनमार्फत नियमित हवाई गस्ती र अनुगमन शुरू गरिएको छ ।

दक्षिण–पश्चिम चीनको युन्नान प्रान्तमा रहेको कुजिङ शहरमा ड्रोनहरूको एक अनुगमन सञ्जालले आगलागीको जोखिम पत्ता लगाउन र सम्भावित विपद्हरूको पूर्वसूचना दिन नियमित रूपमा हवाई गस्ती गरिरहेको हो ।

यी ड्रोनहरूले पानीको गुणस्तर अनुगमन गर्न र पारिस्थितिक सुरक्षा कायम राख्न नदीहरूको गस्ती समेत गर्ने चिनीयाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।