श्रीलंका । सन् २०२५ मा श्रीलंकामा कुल दुई हजार ५६२ जनाको घातक सडक दुर्घटना परी मृत्यु भएको एक वरिष्ठ प्रहरी अधिकारीले शुक्रबार बताएका छन् । उनका अनुसार सन् २०२४ मा सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई हजार २८७ को तुलनामा हाल सङ्ख्या बढेको हो ।
प्रहरी प्रवक्ता एफ. यु. वुटलरका अनुसार सन् २०२५ मा भएका सडक दुर्घटनाहरूमा दुई हजार ७१० जनाको मृत्यु भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३२२ बढी हो । श्रीलङ्कामा हुने करिब ८५ प्रतिशत सडक दुर्घटना मनोवैज्ञानिक कारणसँग सम्बन्धित समस्याहरूका कारण हुने उनले बताए ।
सन् २०२५ मा दुर्घटनाका अन्य मुख्य कारणहरूमा द्रुत गतिमा गाडी चलाउनु, रक्सी पिएर गाडी चलाउनु, थकान र लागु–औषधको प्रयोग लगायतका कारण समावेश भएको वुटलरले बताए ।
घातक दुर्घटनाको दर घटाउन सन् २०२६ मा प्रहरी महानिरीक्षकको सुपरिवेक्षणमा आवाश्यक पहलहरू लागु गरिने पनि प्रवक्ता वुटलरले बताए ।
यस अघि मोटर यातायात आयुक्त कमल अमरसिंघेले सन् २०२६ सम्ममा श्रीलंकामा चालकहरूका लागि डिमेरिट पोइन्ट प्रणाली पूर्ण रूपमा लागु गर्ने घोषणा गरेका थिए । जसको उद्देश्य ट्राफिक अपराधीहरूलाई ट्र्याक गरेर र सजाय दिएर सडक दुर्घटनाको बढ्दो संख्यालाई रोक्नु हो ।


प्रतिक्रिया