काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको घटनाबारे भारतले चिन्ता व्यक्त गरेको छ । भारतले सबै पक्षहरूलाई संवाद र शान्तिपूर्ण उपायबाट समस्याको समाधान गर्न अपील गरेको छ ।
साथै, भारतीय नागरिकलाई भेनेजुएलामा अनावश्यक यात्रा नगर्न चेतावनी जारी गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यसैगरी ईरान, मलेसिया, कतार र टर्कीसहितका मुस्लिम देशहरूले अमेरिकी कदमको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय कानून र राष्ट्रको संप्रभुताको सम्मान गर्न भनेका छन् ।
चीनले यसअघि नै अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रको शान्तिका लागि खतरा भनेको छ ।
जापानले जी सेभेन देशको हैसियतमा भेनेजुएलामा लोकतन्त्रको बहाली र स्थिति स्थिर गर्न सहयोगको प्रस्ताव राखेको छ । यही विषयलाई लिएर आज राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दैछ ।


प्रतिक्रिया