भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि जबरजस्ती गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले रोड्रिग्वेजले सही निर्णय नगरे निकोलस मादुरोभन्दा पनि खराब परिणाम भोग्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रोड्रिग्वेजले सत्ता सम्हाले लगत्तै अमेरिकाले वर्तमान शासनलाई वैधता दिन अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले भेनेजुएलाको पूर्वाधार सुधार गर्न अमेरिकी तेल कम्पनीहरू पठाउने समेत घोषणा गरेका छन् । यसैबीच, ब्रुकिलन हिरासतमा राखिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आज न्यूयोर्कको अदालतमा उपस्थित गराइँदैछ । उनी माथि लागूऔषध तस्करी र अवैध हतियार ओसारपसारको आरोप लगाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कराकासमा गरिएको हवाई आक्रमणलाई युद्ध नभई कानूनी कारबाहीको भएको बताएका छन् ।