जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प



टोकियो । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आउदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार बिहान १०:१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्त सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

विभागका अनुसार भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार ५.१ र ५.४ म्याग्निच्युड मापन गरिएका दुई वटा पराकम्पले समान क्षेत्रलाई स्थानीय समय अनुसार क्रमशः १०:२८ र १०:३७ मा प्रहार गरेको थियो । भूकम्पमा घाइते भएका कारण सिमाने प्रान्तको माट्सु सिटीका चार जनालाई अस्पताल लगिएको थियो ।

भूकम्पले सहरका धेरै घरको छतमा क्षति पुगेको सार्वजनिक प्रसारणकर्ता एन. एच. के. ले जनाएको छ । छिमेकी टोट्टोरी प्रान्तको सकाइमिनाटो सहरमा स्थानीय प्रहरीले सडकमा दरार परेको खबर प्राप्त गरेको जनाएको छ । भूकम्पको केन्द्रविन्दुबाट दक्षिणमा रहेको हिरोसिमा प्रान्तको फुकुयामा सहरमा भूकम्पका कारण दुई जना घाइते भएको रिपोर्टमा उल्लेख छ ।

भूकम्प परिमाण ६.२ म्याग्निच्युड रहेको उल्लेख गर्दै जेएमएले पश्चिमी टोटोरी प्रान्तमो लामो अवधिको भू-गति अवलोकन गरिएको बताएको छ । लामो अवधिको भू-गतिले ठुला भूकम्पबाट तीव्र, ढिलो र निरन्तर भूकम्पीय छाललाई जनाउँछ, जसले उच्च-वृद्धि भवनलाई हल्लाइ माथिल्लो तलामा रहेका मानिसलाई असर गर्न सक्छ ।