नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अन्वेषण संस्था (इसरो) ले आज लन्च गरेको पीएसएलवी–सी ६२ ईओएस–एन–१ मिसनको अन्त्यमा गडबडी भएको छ । इन्स्टाग्राममा पोस्ट गर्दै इसरोले यसबारे अनुसन्धान सुरु गरेको बताएको छ ।
पीएसएलवी भेइकल चार चरणमा प्रक्षेपण हुन्छ । तेस्रो चरणको अन्त्यमा केही गडबडी देखिएको र उडान मार्गमा परिवर्तन आएको इसरोका अध्यक्ष डा. वी.नारायणनले पत्रकार सम्मेलनमा भनेका छन् ।
उनले गडबडीका कारण मिसन अपेक्षाकृत अगाडि नबढ्न नसकेको र सबै ग्राउन्ड स्टेसनहरूबाट प्राप्त डेटाको विश्लेषण गरिरहेको पनि बताएका छन् ।


प्रतिक्रिया