काठमाडौं । स्पेनमा रेल दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या ३९ जना पुगेको छ । तीव्र गतिको रेल दुर्घटना हुँदा गम्भीर घाइते भएका कम्तीमा ७३ जनाको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर प्वेन्टेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार ३ सय जना यात्रुसहित मालागाबाट मड्रिडतर्फ गुडिरहेको उच्च गतिको रेल आफ्नो लिकबाट उछिट्टिएर अर्को ट्र्याकमा पुगेको थियो । त्यसरी उछिट्टिएको रेल मड्रिडबाट झन्डै १ सय जना यात्रु लिएर वेल्भातर्फ गुडिरहेको अर्को रेलसँग ठोक्किएको छ ।
दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही सार्वजनिक भएकाे छैन । अनुसन्धान गर्न कम्तीमा एक महिना लाग्न सक्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया