घोषणा भएका कोही पनि प्रधानमन्त्री हुँदैनन् : प्रचण्ड

घोषणा भएका कोही पनि प्रधानमन्त्री हुँदैनन् : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म घोषणा भएकामध्येबाट चुनावपछि कोही प्रधानमन्त्री नहुने दाबी गरेका छन् ।

भावी प्रधानमन्त्रीको रूपमा एमालेले अध्यक्ष केपी ओली, कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘जसले प्रधानमन्त्री घोषणा गरेका छन्, कोही प्रधानमन्त्री हुँदैनन् ।’

उनले रुकुम पूर्वमा आफ्नो चुनावी माहौल राम्रो रहेको र राम्रै हुँदै जाने समेत बताए ।