गाली बेइज्जती आरोपमा युवराज सफल पक्राउ

गाली बेइज्जती आरोपमा युवराज सफल पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले युवराज सफललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको साथै अन्तर्वाता दिएको पाइएको र दिएका अन्तर्वार्तामा झूटा आरोप लगाएको बताए ।

कारबाहीको लागि महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहित पत्राचार भएबमोजिम अनुसन्धान गर्दा पौडेलले तथ्यहीन कुरा गरेको देखिएको प्रहरीको भनाइ छ । उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको छ ।