रौतहट । मधेश प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको मंगलबार निधन भएको छ ।
नेपाली कांग्रेसबाट २०७४ सालको प्रदेश सभा निर्वाचनमा रौतहटको क्षेत्र नं. २ (क) बाट निर्वाचित ७३ वर्षीय सिन्हाको उपचारको क्रममा मेडिसिटि अस्पताल काठमाडौँमा निधन भएको उनको श्रीमती इशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवीले जानकारी दिए ।
तत्कालीन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सिन्हा रौतहटको साबिक औरैया गाबिसको २ कार्यकाल अध्यक्ष थिए । ईशनाथ नगरपालिका वडा नं. २ निवासी सिन्हाको निधनसँगै समग्र रौतहट शोकमा परेको छ ।
जीवनको अन्तिम क्षणसम्म गाउँ, समाज तथा क्षेत्रको सेवामा अनवरतरूपमा समर्पित पूर्व प्रदेश सभा सदस्य सिन्हा सरल, मिलनसार र जनमुखी स्वभावका कारण स्थानीय जनतामाझ अत्यन्त लोकप्रिय रहेका थिए ।
सामाजिक विकास, जनसरोकारका विषय र क्षेत्रीय उत्थानका लागि उनले पुर्याएको योगदान सदैव अविस्मरणीय रहने स्थानिय किशोरी यादव बताउछन् । उनको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया