रास्वपाको वाचापत्र लेखनको जिम्मा स्वर्णिमलाई

रास्वपाको वाचापत्र लेखनको जिम्मा स्वर्णिमलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको लेखनको जिम्मा उपसभापति डा. स्वर्णिम वाग्लेले पाएका छन् । वाचापत्र मस्यौदा कार्यदल गठन गर्दै रास्वपाले यसको जिम्मा उपसभापति वाग्लेलाई दिएको जनाएको छ । कार्यदलमा डा. नन्दन यादव र अरनिको पाण्डे सदस्य छन् ।

वाचापत्रमा भौगोलिक, व्यवसायिक क्षेत्रगत साथै दलको संयन्त्रबाट सुझाव संकलन भएपछि मस्यौदा बन्ने प्रवक्ता मनिष झाले जानकारी दिए । वाचापत्र फागुन पहिलो साता सार्वजनिक गर्ने तयारी छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दलहरू घोषणापत्रको तयारीमा जुटेका छन् ।