राष्ट्रियसभा निर्वाचनमा जोगियो आधा रकम

राष्ट्रियसभा निर्वाचनमा जोगियो आधा रकम



काठमाडौं । निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनको खर्चविवरण सार्वजनिक गरेको छ । निर्वाचनमा दुई करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यो कुल खर्चको ५५.७७ प्रतिशत हो । यो निर्वाचनमा विनियोजित बजेटको आधा रकम जोगिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको निम्ति चार करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । माघ ११ गते राष्ट्रियसभाका रिक्त १८ पदका लागि निर्वाचन भएको थियो ।