काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो ।
समसामयिक विषयमा उनीहरूबीच कुराकानी भएकाे राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित छलफल भएको बताइएको छ ।


प्रतिक्रिया