काठमाडौं ६ मा उठेका विप्लवको पार्टीका उम्मेदवार नेकपामा प्रवेश

काठमाडौं ६ मा उठेका विप्लवको पार्टीका उम्मेदवार नेकपामा प्रवेश



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् विद्यार्थी संगठनका पूर्व अध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

उनीसँगै ‘विप्लव’ माओवादीको विद्यार्थी संगठन अखिल (समाजवादी)का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायतलाई लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’ले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा औपचारिक रूपमा प्रवेश गराएका छन् । ढकालसँगै ‘विप्लव नेतृत्व’को नेकपाबाट आठ जना केन्द्रीय सदस्य नेकपा प्रवेश गरेको जनाइएको छ ।

ढकाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फका उम्मेदवार समेत हुन् ।